Logo

क्यान्सर पीडितलाई उपराष्ट्रपतिको पारिश्रमिक



Spread the love

२३ साउन, काठमाडाैँ – उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरपीडितको उपचारका लागि एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् । उनले आज क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको पारिश्रमिक रकम हस्तान्तरण गरेका हुन् ।

उपराष्ट्रपतिले कर कटाएर एक महिनाको तलब बराबरको रु ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा सुदीप श्रेष्ठलाई हस्तान्तरण गरे । उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्