Logo

लुकाकु इन्टर मिलानमा अनुबन्धित



Spread the love

२४ साउन, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका बेल्जियन फरवार्ड इन्टर मिलानमा अनुबन्धित भएका छन् । लुकाकु भित्र्याउन मिलानले ७४ मिलियन खर्च गरेको छ ।

इन्टरसँग ५ वर्षको सम्झाैता गरेका लुकाकु २०२४ सम्म इन्टरमै रहनेछन् । ट्वीटरमा भिडियो सेयर गर्दै इन्टरले कुकाकु भित्र्याएको जनाएको छ ।

लुकाकुले म्यानचेस्टर युनाईटेडबाट ९६ खेल खेल्दै ४२ गोल गरेका छन् । उनी २०१७ मा एभर्टनबाट युनाईटेड अनुबन्धित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्