Logo

नेपालगन्जमा आगलागी, १० करोड बराबरको क्षति



Spread the love

नेपालगन्जको सुर्खेत रोड स्थित गुरुद्वारा अगाडी मध्य रातमा आगो लाग्दा दर्जन बढी फर्निचर पसलहरू हरू जलेर नष्ट हुँदा १० करोड बराबरको क्षति भएको छ ।

गुरुद्वारादेखि उपमहानगरपालिकाको छेउसम्मका दर्जनभन्दा बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । ‘फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो । नेपालगन्जका दुई, कोहलपुरको एक र नेपालगन्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मे हम्मे परेको स्थानीय बासिन्दाले बताए ।

आगो लागेको ४ घण्टा पछि मात्रै दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगले नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीको जानकारी अनुसार आगलागीबाट ७ देखी १० करोड सम्मको क्षति भएको अनुमान गरिएको छ । यकिन विवरण भने अध्ययन पछि मात्र थाहा हुने वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्