Logo

प्रतिष्ठित जागिर नेपाली सेना र प्रहरी, कति हुन्छ मासिक तलब ?



Spread the love

२४ साउन, काठमाडाैँ – असार मसान्त भन्ने बित्तिकै हामीलाई तलब तथा अन्य आर्थिक कारोबारको वृद्धि हुने समय हो भन्ने बानी नै परिसकेको छ । हुन पनि सरकारी देखि लिएर निजी क्षेत्रका समेत कर्मचारीको तलब भत्ता वृद्धि हुने समय  नै यही हो । तलब भत्ताका साथै विभिन्न खाले करहरूमा पनि यही समयमा वृद्धि गर्ने गरिन्छ ।

नेपाल सरकारले साउन १ गतेदेखी लागु हुने गरी सरकारी कर्मचारीहरूको तलबमान सार्वजनिक गरिसकेको छ । सरकारी कर्मचारीको तलब हरेक वर्ष वृद्धि नै हुने गर्दछ । अब लागु हुने नयाँ तलबमानमा नेपाली कर्मचारीहरूको तलब तहगत आधारमा बढाइएको छ । नेपालको प्रतिष्ठित सरकारी जागिर मध्ये नेपाली सेना तथा प्रहरीहरूले पनि अबबाट तलब केहि बढी पाउनेछन् ।

 

नेपाली सेना

नेपाली सेनाको सेनापतिको तलब नेपाल सरकारको मुख्य सचिवको बराबर रहेको छ । नेपालका मुख्य सचिवले ६९ हजार ४ सय ८२ रूपैयाँ तलब नेपाल सरकारबाट पाउँछन् भने नेपाली सेनाका प्रधानसेनापतिले पनि  सोहि अनुपातमा तलब पाउँछन् । तर, नेपाली सेनाका विमान सम्भार समूहका सहायक रथीको तलब भने प्रधान सेनापतिको भन्दा ६७ रुपैयाँ कम छ ।  सहायक रथीले सरकारबाट ६९ हजार ४१५ रुपैयाँ बुझ्छन् ।

नेपाली सेनामा सबैभन्दा कम तलब प्रथम स्तर अथवा फलोअर्सले बुझ्छन । उनीहरूलाई नेपाल सरकारले मासिक २० हजार ७ सय ७८ रूपैँया प्रदान गर्छ ।

 

नेपाल प्रहरी 

नेपालमा प्रहरी पनि प्रतिष्ठित काम अन्तर्गत नै पर्दछ । चौतर्फी सुरक्षाका हेतुले  यस क्षेत्रमा पनि सरकारले वर्षेनी धेरै रकम खर्च गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)ले मासिक रू ६४ हजार ७ सय २६ रूपैँया नेपाल  सरकारबाट बुझ्छन् । यो तलबमान नेपालका मुख्य सचिव र प्रधान सेनापतिको भन्दा ५ हजार कम हो ।

नेपाल प्रहरीका जवान तथा हवल्दारले रासन सहित अन्य सुविधा गरेर मासिक रूपमा ३० हजार तलब बुझ्छन् भने प्रहरी जवानको तलब मात्रै रू १७ हजार ३ सय छ । त्यसै गरी प्रहरी हवल्दारको तलब

नेपाल प्रहरीका रिक्रुटको मासिक तलब अब १९ हजार ४ सय ८० रुपैयाँ पुगेको छ । त्यस्तै निजामती कर्मचारीतर्फ सबैभन्दा कम तलब प्रथम स्तरका कार्यालय सहयोगीको तलब २० हजार ७ सय ७८ रुपैयाँ पुगेको छ ।

नेपाल सरकारले यस आर्थिक वर्षबाट हरदिन सडकमा खटिने ट्राफिक पहरी तथा जवानको तलबमा ४० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ । त्यसै गरी सई र असईको प्रोत्साहन भत्ता २० प्रतिशतले वृद्धि हुँदा इन्सपेक्टर र डिएसपीको भने प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्