Logo

प्रिमियर लिगः टोटनह्यामको विजयी सुरूवात



Spread the love

२६ साउन, काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा इंग्लिस क्लब टोटनह्यामले विजयी सुरूवात गरेको छ । हिजो भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै लिगको सुरूवात गरेको हो ।

लिगको सुरूवाति खेलमा टोटनह्यामलाई जित दिलाउन टोनी डम्बेलेले १ तथा ह्यारी केनले २ गोल गरे ।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै टोटनह्यामले कमब्याक गरेको हो । एस्टन भिल्लाले खेलको ९ मिनेटमा नै जोन म्याक्गिनले गोल गरेका थिए ।

खेलको ७३ औँ मिनेटमा डेम्बेलेले गोल गैर्दै टोटनह्यामलाई खेलमा फर्काए । त्यसै गरी ८६  र ९० मिनेटमा ह्यारी केनले गोल गरेसँगै टोटनह्याम ३–१ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्