Logo

नापोलीविरूद्ध बार्सिलोना विजयी, ग्रिजम्यानले पनि खोले गोलको खाता



Spread the love

२६ साउन, काठमाडाैँ – स्पेनिस बार्सिलोनाले इटालियन क्लब नापोली विरूद्ध सहज जित निकालेको छ । आज बिहान भएको खेलमा इटालियन क्लब विरूद्ध बार्सिलोनाले ४ – ० गोल अन्तरको सहज जित हात पारेको हो ।

बार्सिलोनाको जितमा नव आगन्तुक खेलाडी एन्टोइन ग्रिजम्यानले समेत गोलको खाता खोले ।

खेलमा सुरूवात अग्रता बार्सिलोनाका लुइस स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४८ मिनेटमा स्वारेजले गोल गरेका थिए । त्यसको ८ मिनेट पछि ग्रजम्यानले गोल गर्दा बार्सिलोना २ गोलले अगाडी रह्यो ।

खेलको ५८ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोश्रो गोल गरे भने ६३ मिनेटमा उसमान डेम्बेलेले १ गोल थप्दै बार्सिलोनालाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्