Logo

म्यानचेस्टर युनाईटेडको शानदार सुरूवात



Spread the love

२७ साउन, काठमाडाैँ – इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाईटेड शानदार जित निकालेको छ । हिजो भएको खेलमा लण्डन क्लब चेल्सीलाई ४–०  गोलले पराजित गर्दै युनाईटेडले लिगको शानदार सुरूवात गरेको हो ।

चेल्सीमाथिको जितमा युनाईटेडका मार्कस रास्फर्ड नायक बने । खेलको १८ औँ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै रास्फर्डले युनाइटेडलाई सुरूवात अग्रता दिलाए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा एन्थोनी मार्सिय, मार्कस रास्फर्ड तथा डानियल जेम्सले १/१ गोल थप्दा चेल्सी निरिह बन्यो ।

बलमा धेरै प्रभुत्व जमाए पनि गोल गर्न नसक्दा म्यानचेस्टरको घरेलु मैदानमा चेल्सी हार व्यहोर्न बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्