Logo

रोमासँग रियल मड्रिड पराजित



Spread the love

२७ साउन, काठमाडाैँ – इटालियन क्लब एएस रोमासँग  स्पेनिस रियल मड्रिड पराजित भएको छ । हिजो भएको खेलमा रियल पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्धारण पेनाल्टीमार्फत गरिएको थियो ।

खेलमा सुरूवात अग्रता मार्सेलोको गोलबाट रियल मड्रिडले लिएको थियो । तर, सुरूवात अग्रता सहित दोश्रो अग्रतामा सम्हालिन नसक्दा रियलले हार व्यहोर्यो ।

रियलका लागि मार्सेलो र कासिमिरोले १–१ गोल गर्दा रोमाका लागि इडेन जेको र डिएगो पेरोटिले समान १–१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्