Logo

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध



Spread the love

२९ साउन, काठमाडौं । चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौती दिएको टिप्पणी चीनले गरेको छ ।

तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितिलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्