Logo

कसरी हुन्छ छाला ड्यामेज? जान्नुहोस् कारण



Spread the love

सबै जसो मानिसहरू आफ्नो छालालाई लिएर निकै चिन्तित हुने गर्छन् l जसले गर्दा उनीहरू विभिन्न किसिमको महँगा क्रिम वा विधिहरू अपनाउने गर्छन् l तर छालामा भने कुनै किसिमको परिवर्तन देखा पदैन् l आखिर कसरी चाही मानिसहरूको छालामा हानी पुग्ने गर्छ त ? आउनुहोस् चर्चा गरौँ यसका बारेमा l

तातो पानीले नुहाउने बानी :
प्राय जसो मानिसहरू आफ्नो शरीरलाई आनन्दित महसुस गराउनका लागि तातो पानीले नुहाउने गर्दछन् l तर तातो पानीले नुहाउँदा छालालाई हानी पुग्ने गर्दछ l तातो पानीले हाम्रो छालालाई सुख्खा बनाउनुका साथै छालामा रहेको ‘नेचुरल मोइस्चर’मा पनि असर गर्छ । त्यसै कारण तातो पानीले नुहाउनु उचित रहँदैन l

धूम्रपान गर्दा नजिकै बसेमा
यदि कुनै व्यक्तिले धूम्रपान गरिरहेको छ भने हामी त्यस्ता व्यक्तिको नजिक जानु उचित रहँदैन l किनकि स्मोकिङ गरिरहेको बखत हामी नजिक जानाले स्वास्थ्य लगायत छालामा पनि यसले असर पुर्‍याउने गर्दछ l उक्त कारण त्यस्ता व्यक्तिको सामु जानु हुँदैन जसले धूम्रपान गरिरहेको हुन्छ l

धेरै स्विमिङ गर्ने बानी
स्विमिङ शरीरको फिटनेसको लागि अति उपयोगी व्यायाम भएता पनि स्विमिङ पुलको पानीमा क्लोरिन मिसिएको हुन्छ । जुन छालाका लागि हानिकारक हुन्छ । स्विमिङपछि सफा पानीमा नुहाए पनि क्लोरिन राम्ररी पखालिएको हुँदैन र यसले छालाको स–साना छिद्र वा प्वाललाई बन्द गरिदिन्छ । त्यसैले धेरै पौडी खेल्ने गर्नाले छालालाई ड्यामेज गर्न सक्छ ।

धरै नुन या चिनी खाने बानी
शरीरमा नुनको मात्रा बढी भएमा छालाको मोइस्चरलाई यसले सोस्ने गर्छ । जसले गर्दा छाला सुख्खा, फुस्रो हुने हुन्छ । चिनीको अत्यधिक प्रयोग पनि छालाका लागि हानिकारक छ । चिनीले छालाको ‘कोलाजन लेभल’मा प्रभाव पार्छ । यसले गर्दा छाला झोलिन्छ र नराम्रो देखिन्छ ।

कोल्टे फर्केर सुत्ने बानी
के तपाइको कोल्टे फर्केर सुत्ने बानी छ ? यदि छ भने सो बानीलाई हटाएर सिधा उत्तानो परेर सुत्ने बानी बसाल्नुहोस् । किनभने दायाँ वा बायाँ कोल्टे फेरेर सुत्दा अनुहार सिरानीमा रगडिने हुन्छ । जसले गर्दा सानै उमेरमै अनुहारमा चाउरी वा धर्सा बस्ने खतरा बढ्ने गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्