Logo

काष्ठमण्डप पुनःनिर्माणमा जुँगाको लडाइँ



Spread the love

काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको काष्ठमण्डप पुनःनिर्माण गर्ने विषयमा स्थानीय वासिन्दा र महानगपालिकाबीच जुँगाको लडाइँ सुरु भएको छ ।

दुई वर्षअघि भूकम्पमा पूर्ण रूपमा क्षति भएको काष्ठमण्डप कसले र कसरी बनाउने भन्ने विषयमा महिनौँदेखिको विवाद टुङ्गिनुको साटो झन् जटिल बन्दै गएको छ ।

पुनःनिर्माणको कार्य अगाडि बढ्न नसकेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार सरोकारवाला निकायसँग गरेको छलफल पनि निष्कर्षमा पुग्न नसकेपछि यसले काष्ठमण्डप पुनःनिर्माणको विषयममा अन्योल थपेको छ ।

यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काष्ठमण्डप पुनःनिर्माण अभियान र काठमाडौँ महानगरपालिकाबीच सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार काष्ठमण्डप निर्माण गर्ने समझदारी भएकोे   खबर आजको गोरखापत्रमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्