Logo

लोकमानको छड्के निरीक्षण, एउटै बिधालयमा १३ जना शिक्षक अनुपस्थित भेटिए



Spread the love

साउन १९ ,सल्यान -सल्लेरी खबर

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बिहिवार नगर भित्रका केहि शैक्षिक संस्था र बिभिन्न सरकारी कार्यालयहरुमा छ्ट्के निरिक्षण गरेका छन् ।

बिहान पाउने १० बजे छड्के निरीक्षणमा निस्किएका नगर प्रमुख बुढाथोकीले जनकल्याण माध्यमिक बिधालय थारमारे सल्यानमा छट्के निरिक्षण गर्दा बिहान सवा दश बजे सम्म बिधालयमा उपस्थित नहुने १३ जना शिक्षकको हाजिरी गयल गरेका छन् ।

३० जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेको उक्त विद्यालयमा प्राथनाको समयमा आफु त्यहाँ पुग्दा करिब छ जना शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको र सवा दश बजे पछि सम्म पनि आफु बिधालयमै रहदा १३ जना शिक्षक शिक्षिका बिधालयमा उपस्थित नभएपछि आफुले उनिहरुको हाजिरी गयल गर्नु परेको बुढाथोकीले बताएका छन् ।

जनकल्याण माध्यमिक बिधालय थारमारे सल्यानमा पछिल्लो समयमा बिद्यार्थीको पढाईमा चरम लापरबाही भएको गोप्य सुचनाको आधारमा आफु त्यहाँ पुग्दा बिधालयका प्रधानाध्यापक पुर्ण बहादुर भण्डारी समेत बिधालयमा उपस्थिति नरहेको नगर प्रमुखले बताए ।

नगरको मुख्य बिधालयका प्रधानध्यापक नै जानकारी नगराएर बेला बेलामा बाहिर बस्नु र कुनै पनि शिक्षकले बिदा नलिएकै दिनमा १३ जना शिक्षक शिक्षिकाहरु बिधालयमा उपस्थित नहुनुले बिधालय प्रशासनको चरण लापरबाही भएको कुरा प्रमाणीत गरेको र अनुपस्थित शिक्षकहरु लाई स्पष्टीकरणको लागी नगरपालिकाले विद्यालयलाई पत्र काट्ने समेत बुढाथोकीले बताए ।

बिधालयको हाजिरी रजिस्ट्रर आफ्नो नियन्त्रणमा लिइ दिउसो करिव तिन बजे तिर बिधालयलाई फिर्ता गरेका नगर प्रमुख बुढाथोकीले थारमारे बजारका ट्राफिक प्रहरीलाई समेत आगामी दिनमा आफ्नो डिउटी राम्रो संग निभाउन निर्देशन दिए ।

सल्यान रुकुम यातायातका अध्यक्ष रहेका नगर प्रमुख बुढाथोकीले यातायात समितीको थारमारे काउन्टरका ३ जना कर्मचारीको हाजिरी पनि गयल गरेका छन् भने बागचौर नगरपालिकाको कार्यालय र इलाका कृषि कार्यालयमा समेत अनुगमन गरेको र ति कार्यालयहरुमा भने त्यस्तो कुनै गल्ती नदेखिएको नगर प्रमुख बुढाथोकीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्