Logo

जिसस सल्यानको उपाध्यक्षमा माओबादि केन्द्रका वुढाथोकी निर्वाचित



Spread the love

जिल्ला समन्वयन समिति सल्यानको उपाध्यक्षमा नेकपा माओबादि केन्द्रका हरि प्रकाश वुढाथोकी निर्बाचित हुनुभएको छ। आज भएको निर्वाचनमा नेकपा एमालेको तर्फवाट उपाध्यक्षका उम्मेद्धार कुल वहादर गिरीलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेद्धार हरी प्रकाश वुढाथोकी निर्वाचित हुनु भएको हो । नेपाली कांगे्रसका तर्फबाट अध्यक्षका उम्मेद्धार केश बहादर बिष्ट यस अघि नै अध्यक्षमा निर्बिरोध निर्बापिचत भैसक्नुभएको छ ।
आज जिल्ला विकास समिति सल्यानको सभाहलमा भएको निर्वाचनमा नेकपा एमाले उपाध्यक्षका उम्मेद्धार कुल वहादुर गिरी लाई २ मतको अन्तरले हरि प्रकाश वुढाथोकी निवाचित हुनु भएको हो । हरि वहादुर बुढाथोकीको पक्षमा ११ मत खसेको थियो भने कुल वहादुर गिरीको पक्षमा ९ मत खसेको निर्वाचन अधिकृत माधवेन्द्र राज रेग्मीले जानकारी दिनु भएको छ । महिला सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेद्धार देउरुपा भट्टराईले ११ मत प्राप्त गर्नु भएको छ । यस्तै माओवादी केन्द्रकै हिमा वुढाथोकीले ११ मत प्राप्त गर्नु भएको छ । एमालेको तर्फवाट आशा वुढाथोकीले ९ मत प्राप्त गरी निवाचित हुनु भएको छ ।
यस्तै प्रतिद्धन्दी एमालेको तर्फवाट एमालेकी पुतला खड्का रोकाय ले ८ मत प्राप्त गर्नु भएको छ भने एमालेकै हिमा वुढाथोकीले ८ मत प्राप्त गरी पराजित हुनु भएको छ । दलित अल्पसंखेक मा नेपाली कांग्रेस की सुस्मीता वुढाथोकीले १९ मत प्राप्त गरी निर्वात हुनु भएको छ । अन्य सदस्हरुमा नेपाली कांग्रेसका राम वहादुर खड्का, काग्रेस कै यज्ञ वहादुर चन्द,र नेकपा माओवादी केन्द्र का पोखर वहादुर खत्री निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्