Logo

लिभरपुलले जित्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटि



Spread the love

 

१ भाद्र, काठमाडाैँ – इंग्लिस प्रिमियर लिग अन्तर्गत दोश्रो चरणको खेलमा लिभरपुलले जित निकालेको छ । हिजो भएको खेलमा साविक उपविजेता लिभरपुलले साउथ ह्याम्प्टन विरूद्ध जित निकालेको हो ।

 लिभर पुलले साउथ ह्याम्प्टन २–१ गोल अन्तरको जित निकाल्यो । यस जितमा साडियो माने र रोबर्ट फर्मिन्होको नाममा १/१ गोलको योगदान रह्यो । त्यसै गरी साउथ ह्याम्प्टनका लागि भने डानि इंसले १ गोल फर्काए ।

साबिक उप विजेता लिभरपुलले जित हात पार्दा साविक विजेता म्यान्चेस्टर सिटी भने बराबरीमा रोकिएको छ । हिजो नै  भएको खेलमा सिटी बलियो प्रतिस्पर्धि टोटनह्यामसँग २–२ को बरारीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक हुँदै बराबरीमा सकिएको खेलमा सिटीका लागि सर्जियो अगुएरोको नाममा १/१ गोल रह्यो । त्यसै गरी टोटनह्यामका लागि एरिक लमेला तथा लुकास मोउराले १/१ गोल गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्