Logo

आजबाट एसइईको ग्रेड वृद्धि परीक्षा सुरु



Spread the love

१ भदौं, काठमाडौँ l आजबाट एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको हो ।

ग्रेड वृद्धि परीक्षामा करिब १ लाख ५० हजार परीक्षार्थी उपस्थित भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।

सबैभन्दा धेरै गणित विषयमा १ लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उपनियन्त्रक शर्माले बताए ।

गत १२ असारमा सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो । सो परीक्षा ११ भदौसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्