Logo

गाला हेरेरै थाहा हुन्छ कुन युवती कस्ती ?



Spread the love

हामीलाई थाहा छ, ज्योतिषहरूले हात हेरेर सजिलै बताउन सक्छन् कि हामी कस्ता खालको मानिस हौँ l तर के तपाईँलाई थाहा छ यो कुरा? महिलाहरूको गाला हेरेर नै थाहा पाउन सकिन्छ कि त्यस युवतीको स्वभाव कस्तो छ भनी l आउनुहोस् चर्चा गरौँ आखिर कस्ती गाला भएकी युवतीको स्वभाव कस्तो l

दाहिने गालामा कालो कोठी :
यदि कुनै युवतीको दाहिने गालामा कालो कोठी छ भने बुझ्नुहोस् त्यस किसिमको युवती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्नका साथै भौतिक सुख पनि पाउँछन् ।

देब्रे गालामा कालो कोठी :
कुनै महिलाको देब्रे गालामा कालो कोठी छ भने सम्झनुहोस् l त्यस्ती युवती बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् ।

अनुहारको तुलनामा सानो गाला :
जुन युवतीको अनुहारको तुलनामा सानो गाला हुन्छ l त्यस किसिमको महिला धनवान हुनका साथै परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता युवतीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

आवश्यकताभन्दा बढी तल लोलिएको गाला :
यदि कुनै युवतीको आवश्यकताभन्दा बढी तल लोलिएको गाला हुन्छ l त्यस्ती महिला आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । तर खानामा भने विशेष रूचि हुन्छ l

देब्रे गाला सानो :
जुन युवतीको देब्रे गाला सानो हुन्छ l त्यस्ती स्त्रीको मृत्यु आफ्नो श्रीमानको मृत्यु भन्दा अघि हुन्छ l सो किसिमको युवती भने एकदमै शालीन र मिलनसार हुन्छन् ।

गालामा डिम्पल :
यदि कुनै युवती हाँस्दा उनको गालामा डिम्पल देखिन्छ, भने त्यस किसिमको महिला तीक्ष्ण बुद्धि, विवेकशील, छिट्टो छिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ती युवतीले धेरैसँग प्रेम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्