Logo

पिनास भनेको के हो? यसका लक्षण र रोकथाम



Spread the love

चिसो मौसममा रुघाखोकीसँगै मानिसमा देखा पर्ने अर्को समस्या भनेको पिनास हो । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने सङ्क्रमणले पनि पिनासको जोखिम बढाउँछ । नाकको हड्डी बाङ्गो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डी बाङ्गो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ ।

पिनासका लक्षणहरू

  • टाउको दुख्ने
  • अनुहारका भागहरू दुख्ने
  • नाक बन्द हुने
  • नाकबाट बाक्लो सिँगान बग्ने
  • मुखबाट खकार आउने
  • खोकी लागिरहने
  • नाकले कुनै बास्ना÷गन्ध थाहा नपाउने

रोकथाम र उपचार

  • पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले सङ्क्रमण भएको ठाउँमा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ ।
  • धुवाँ–धुलोबाट जोगिनुपर्छ । नाकमा समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।
  • रुघाखोकी लागिरहेमा पिनास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोगिनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानी सेवन गरेमा पिनासबाट बच्न सकिन्छ ।
  • सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै, नाक खुलाउन वा सङ्क्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ ।
  • त्यसै गरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्