Logo

किन दाहसंस्कार गरेपछि नुहाउनुपर्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारण



Spread the love

हिन्दु धर्मवाली अनुसार मृत व्यक्तिको शवयात्रा निकालेर दाहसंस्कार गरेपछि गएका मलामीहरू नुहाउने गर्छन् l किनकि यो पुर्खो देखि नै चलि आएको चलन हो l जसलाई सबैले नै अपनाउने गर्छन् l तर आखिर किन गएका मलामीहरू दाहसंस्कार गरेपछि नुहाउने पर्छ त? आउनुहोस् जानौँ यसको कारण जहाँ धार्मिक र वैज्ञानिक दुवै कारण समावेश छ l

धार्मिक कारण
हिन्दु धर्मको मान्यता अनुसार महिलाहरूको मुटु कमजोर र भावुक रहेकाले उनीहरूलाई अन्तिम संस्कारमा भाग लिन दिइन्न किनकि श्मशानभूमिमा नकारात्मक ऊर्जाको प्रवाह हुन्छ र कमजोर मनोबल भएको व्यक्ति यसको चपेटामा आउन सक्छ । उक्त कारण गएका मलामीहरूले नकारात्मक ऊर्जाबाट मुक्त पाउनका लागी नुहाउने गर्छन् l

वैज्ञानिक कारण
व्यक्तिको मृत्युपछि उसको शवमा ब्याक्टेरिया हाबी हुन्छ l यी ब्याक्टेरियाहरू शवको सम्पर्कमा आउने जिउँदा व्यक्तिको शरीरमा पनि फैलिन सक्छन् । त्यसै कारण मलामी गएका मानिसहरू ब्याक्टेरियाबाट बच्नका लागी नुहाउने गर्नुपर्छ l नुहाउँदा शरीरबाट सबै ब्याक्टेरिया पानीमा बगेर जाने गर्छ l

प्रतिक्रिया दिनुहोस्