Logo

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए



Spread the love

३ भदौ, काठमाडौँ । प्रधानमन्त्री ओलीले (आज) मङ्गलवार सर्वदलीय बैठक बाेलाएका छन् । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारी अनुसार बैठकमा,संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन् । राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे पनि बैठकमा प्रधानमन्त्रीले जानकारी गराउने बताइएको छ ।

ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि प्रधानमन्त्रीले भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् ।आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्