Logo

विप्लवलार्इ छाड्दै नेता कार्यकर्ता



Spread the love

काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व संकटमा पर्ने अवस्था आएको छ ।पछिल्लो समय धमाधम दजनौं नेता तथा कायकर्ताले पार्टी परित्याग गरिरहेका छन् । पार्टीको अस्तित्व संकटमा परेसंगै बिप्लवको नेतृत्व पनि संकटमा परेको छ ।
पार्टीका कयौं केन्द्रीय सदस्य तथा विद्यार्थी नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी छोडेको घोषणा गरीरहेका छन् ।
यसरी बिप्लव पार्टीबाट विद्यार्थी विशेष कमिटी सदस्य अनुशील न्यौपाने, प्रकाश शाही, टिकाराम सुनार, बाँके इन्चार्ज अशोक पोखरेल, मजदुर नेता युबराज आचार्यले पार्टी परित्याग गरीसकेका छन् । त्यसैगरुी केन्द्रीय सदस्य तथा धौलागिरि ब्यूरो इन्चार्ज पारसमणि, केन्द्रीय समिति सचिव रामबहादुर विक, केन्द्रीय सदस्य गगन खड्का लगायतका सयौँनेता कार्यकर्ताले पार्टी परित्याग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्