Logo

‘बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र



Spread the love

५ भदौ, काठमाडौं । सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोग विहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रूपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको छ ।

नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु र टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकले बाकसमा थन्याएर राखेका हुन् ।

पाँचथरमा १ लाख १० हजार र सिंहदरबारमा ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुसार सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । यो समाचार कारोबार दैनिकमा दीपक बोहोराले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्