Logo

दलितलाई तिमी !



Spread the love

६ भाद्र, काठमाडाैँ । वडाध्यक्षले अरूलाई ‘तपाईँ’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाएकि छिन् ।

‘निर्वाचित हुनुअघि वडाअध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईँ भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ ।

वडाध्यक्ष प्रकाश पौडेलले आफूहरुसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् ।

परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्