Logo

के तपाईँ चाहनुहुन्छ जीवनमा सफलता हासिल गर्न ? सिक्नुहोस् भगवान् श्रीरामको जीवनबाट यी कुरा



Spread the love

 

रामायण अनुसार राम वा रामचन्द्र प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । जसको जन्म भारतमा पर्ने अयोध्या सहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रूपमा भएको थियो । चैत्र शुक्ल पक्षको नवमीमा भगवान् श्रीरामको जन्म भएले यसलाई रामनवमी पर्वका रूपमा मानिने गरिन्छ l रामलाई मर्यादा पुरुषोत्तम पनि भनिने गरिन्छ l जसले हमेशा स्वयं भन्दा ठुला मानिसहरूका कुरा सुन्ने र मान्ने गर्थे l हामीहरूले पनि भगवान् श्रीरामबाट धेरै कुरा सिक्न सक्छौँ l जसले गर्दा हाम्रो जीवनमा सफल बनाउन मदत गर्छ l आउनुहोस् चर्चा गरौँ उक्त कुराहरूबारे l

  • धर्मशास्त्रमा विश्वास गर्नेहरूले रामलाई समय र स्थितिलाई नियालेर अगाडि बढ्ने भगवानका रूपमा लिन्छन् । त्यसैले भगवान् रामबाट व्यवस्थापनको कुरा सिक्न सकिन्छ l
  • भगवान् श्रीरामले कहिल्यै पनि अन्य व्यक्तिहरूलाई छल कपट गरेनन् l त्यसैले हामीले पनि कसैलाई ढाटेनौं भने अवश्य पनि आफ्नो जीवनमा सफलता हासिल हुनेछ l
  • श्री राम भगवानमा धैर्य गर्ने शक्ति थियो l जसले गर्दा उनलाई असल भगवानका रूपमा पनि चिनिने गरिन्छ l उक्त कारण हामी सबैमा पनि धैर्य गर्ने क्षमता हुनु आवश्यक छ l
  • भगवान् रामले कहिल्यै पनि अरू व्यक्तिलाई गाली बेइज्जती गरेनन् l त्यसैले मानिसहरूले कहिल्यै पनि अन्य व्यक्तिलाई नराम्रो बचन गर्नु हुँदैन l जसलाई नगर्दा हामी एक असल व्यक्ति बन्न सक्छौँ l

प्रतिक्रिया दिनुहोस्