Logo

गुठीले हडप्यो पशुपतिको जग्गा



Spread the love

७ भदौं, काठमाडौँ । राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ ।

सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।

पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार किल्ला खुलाई पशुपति जुठीलाई दिएको कोषको भनाइ छ । राज परिवारले पाँच सरकार गुठी, राणाले दिने तीन सरकार गुठी र सर्वसाधारणले दुनियाँ गुठीका नाममा जग्गा दिने प्रचलन थियो ।

यो समाचार आजको अन्नपूर्ण पाेष्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्