Logo

किन खाने मकै? जानुहोस् फाइदा



Spread the love
 

मकै भन्नाले एक किसिमको अन्न हो l जुन संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाइने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । यस बालीबाट विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरूले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउँछन् । मकै खाएमा स्वास्थ्यका लागि पनि फाइदाजनक साबित हुन्छ l आखिर के के कुरामा हुन्छ त फाइदा आउनुहोस् चर्चा गरौँ यसबारे l

अल्छीपना हटाउँदछ
यदि तपाईँ अल्छी हुनुहुन्छ भने मकैको सेवन गर्ने बानी बसाल्नुहोस् l यसमा कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईँलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ ।

छालालाई चम्किलो बनाउँछ
तपाईँलाई आफ्नो चाला चम्किलो बनाउनु छ भने पनि मकैको सेवन गर्नुहोस् l जसको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । जसले अनुहारमा चाउरीपना आउन दिदैंन l

क्यान्सरबाट जोगाउँछ
यदि तपाईँ क्यान्सर जस्तो खतरनाक बिरामीबाट बच्न चाहनुहुन्छ भने पनि मकैको सेवन गर्ने बानी बसाल्नुहोस् l यसमा एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्त्व पाइन्छ l जसले क्यान्सर रोगको खतरा कम गराउनका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ ।

आँखाको लागि फाइदाजनक
मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योति बढाउनका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावनालाई पनि कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्