Logo

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



Spread the love

११ भाद्र, काठमाडाैँ । भ्रातृसंस्थाबारे छलफल हुने गरि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारीका साथ आज दिउँसो २ बजे  बैठक बस्न लागेकाे हाे । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने छ ।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायतका नेताले इच्छा देखाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्