Logo

पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित कांग्रेस बैठक आज बस्दै



Spread the love

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।  ग्यास्टिक लगायतका समस्याले अस्वस्थ भएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बुधबार बस्ने  भनिएकाे बैठक आज बस्ने भएकाे हाे ।

विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा रहेका पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले जानकारि दिएका छन् ।

नेताहरूले बताए अनुसार, आजकाे बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान र एकता प्रक्रियामा आएका विजय कुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्