Logo

किन पुज्ने पितालाई? के छ पिताको महत्व?



Spread the love

 

तपाईँलाई के लाग्छ भगवान् होलान् त? यदि कसैले मलाई सोध्दछ भने मेरो जवाफ हुनेछ भगवान् किन छैनन् अवश्य नै छन् जसलाई हामी पिताका रूपमा चिन्ने गर्छौँ l जसरी यो संसार देखाउनलाई आमाको भूमिका हुन्छ, त्यसै गरी पिताले पनि आफ्ना सन्तानलाई यस संसारमा ल्याउन र उनको उज्वल भविष्य बनाउन सधैँ प्रयास गरिरहेका हुन्छन् । प्रत्येक पिताहरूले आफ्नो सन्तानको भविष्य सफल बनाउनका लागि कहिले अभिभावक बनेर, असल शिक्षक बनेर, साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर लागिपरेका हुन्छन् । हरेक पिता चाहन्छन् कि उनीहरूको सन्तान सधैँ हासीखुसी रहुन l जसका लागि पिताले आफ्नै चाहनाको पनि त्याग गरिरहेका हुन्छन् l त्यसैले त भनिन्छ पितालाई भगवानका रूप l हामी हिन्दु धर्मावलम्बीहरू धरै चाडपर्व मनाउने गर्छौँ l जहाँ धार्मिक, सांस्कृतिक, पारिवारिक र सामाजिक परम्पराहरू समावेश हुन्छन् l कुनै पर्व आमाका लागि विशेष हुन्छन्, कुनै गुरुका लागी र कुनै पर्व दाजुभाइ वा दिदीबहिनीका लागि विशेष मानिन्छ l त्यसै गरी आजको दिन अर्थात् ‘बुबाको मुख हेर्ने दिन’ लाई महत्वपूर्णका रूपमा लिइने गरिन्छ l आजको दिन सबै सन्तानहरूका लागि पनि विशेष दिन हो l जसले यस संसारलाई देख्ने अवसर पाएका छन् l हुन् त आफ्ना पितालाई माया गर्नु वा सम्झनु कुनै दिन पर्खी रहनु पर्दैन् l तर पनि आजको दिनलाई भने विशेष नै मानिने गरिन्छ l आजको दिनमा पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफुल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै कुरा गर्ने गर्दछन् l त्यसै गरी आजको दिनलाई विशेष बनाउनका लागि काठमाडौँस्थित गोकर्ण मन्दिरमा विशाल मेला लाग्ने गर्दछ जहाँ पिता नभएका सन्तानहरू गएर बत्ती बाल्ने वा दान दिने गर्छन् l भनिन्छ, आजको दिनमा पिता नभएकाहरूले मन्दिर गएर बत्ती बाल्नका साथै दान दिनाले पितृको आशीर्वाद प्राप्त हुने गर्छ l त्यसैले हामी सबै सन्तानहरूले आफ्नो पितालाई माया गर्नका साथसाथै आदर गर्ने बानी पनि बसालौं l जसले गर्दा पितृको आशीर्वाद प्राप्त हुनका साथै जीवनमा थुप्रै सफलता पनि हासिल हुनेछ l

प्रतिक्रिया दिनुहोस्