Logo

कांग्रेसकाे बैठकमा नेतृत्वलाई प्रश्न: वाइडबडी काण्ड नलेखेर किन हवाईजहाज काण्ड लेखेकाे ?



Spread the love

१४ भाद्र, काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसमिति बैठककाे राजनीतिक प्रस्तावमा वाइडबडी काण्डलाई हवाईजहाज काण्ड लेखेर उल्लेख गरिएकाे छ । वाइडबडी काण्डलाई  किन हवाईजहाज काण्ड उल्लेख गरिएको भनी पार्टीका केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न गरेका छन् ।

बिहीबारको बैठकमा काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले नेपाल वायुसेवा निगमको ‘वाइडबडी काण्ड’ लाई लक्षित गर्दै ‘हवाईजहाज’ भन्ने नरम शब्दावली प्रयोग गरेर दुई पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेपछि, शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले त्यसै विषयलाई लिएर ‘वाइडबडी’ लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका थिए ।

वाइडबडी प्रकरणको छानबिन गर्न सभापति देउवाले नै संसदबाट माग गरेका थिए ।  साेहि अनुसार संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गर्दा देउवाको नाम यस प्रकरणसँग जोडिएपछि नेतृत्व मौन बस्न थालेको भनेर पार्टीभित्रै आरोप लाग्दै आएको छ ।

संस्थापन पक्षीका केन्द्रीय सदस्यहरले सभापति शेरबहादुर देउवाको नाम यस प्रकरणमा जाेडिएकाे हुनाले दस्तावेजमा याेजना बनाएरै ‘वाइडबडी’ नलेखिएको आशंका पनि गरेका छन् । उनीहरूले नेतृत्वसंग वाइडबडी प्रकरण लेख्नुपर्ने माग समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्