Logo

१० खेलाडीमा समेटिएको साउथ ह्याम्पटनसँग युनाइटेडको बराबरी



Spread the love

१४ भाद्र, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आज भएको खेलमा युनाइटेड साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

साउथ ह्याम्पटनको घरेलु  मैदान सेन्ट म्यारिस स्टेडियममा भएको खेलमा सुरूवात अग्रता म्यानचेस्टर युनाइटेडले लिएको थियो । खेलको १० औँ मिनेटमा युनाइटेडका डानियल जेम्सले गोल गरेका थिए ।

पहिलो हाफ १–० ले अगाडी रहेको युनाइटेडले दोश्रो हाफमा १ गोल सामना गर्यो । साउथ ह्याम्पटनका जनिक भस्टर्गार्डले ५८ मिनेटमा गोल गर्दै १० खेलाडीमा समेटिएको साउथ ह्याम्पटनलाई खेलमा फर्काए ।

त्यसैगरी बाँकी रहेको समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

प्रिमियर लिगमा युनाइटेडले यो सिजन ४ खेल खेल्दा १ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्