Logo

एटीएमबाट पैसा चोर्दा–चोर्दै चिनियाँ नागरिक पक्राउ



Spread the love

१५ भदौ, काठमाडौं । हिजाे मध्यराति दरबारमार्गस्थित नविल बैङ्कको एटीएमबाट अनाधिकृत रूपमा पैसा निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्