Logo

कसरी बनाउने गृहिणीलाई कामकाजी?



Spread the love

के तपाईँ आफूलाई कामकाजी बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् तल दिएका उपाय जसले गर्दा तपाईँ गृहिणी मात्रै होइन कामकाजी पनि बन्न सक्नु हुनेछ l कामकाजी गृहिणी हुनका लागि अपनाउनुहोस् यी उपाय :

होम ट्युसन :
यदि तपाईँ पढे-लेखेको हुनुहुन्छ र घरमा त्यत्तिकै बस्नु हुन्छ भने तपाईँले आफ्नो घर वरपरका बच्चाहरूलाई होम ट्युसन पढाउन सक्नु हुन्छ । जसले गर्दा तपाइको शिक्षा बृदी हुनका साथ साथै गृहिणीबाट कामकाजी पनि बन्नु हुनेछ l

फ्रिलान्स राइटर :
के तपाईँको लेख्नमा रुचि छ? यदि छ भने तपाईँ पत्रपत्रिकामा, म्यागजिन अथवा वेबसाइटमा फ्रिलान्स लेखिकाको रूपमा काम गर्न सक्नु हुन्छ । जसले गर्दा तपाइको छुट्टै पहिचान हुनका साथै राम्रो कमाइ पनि हुनेछ l

ब्यूटीसियन :
यदि तपाईँ आफैले ठिक्कको पार्लर आफ्नो घरमा नै खोल्न सक्नु हुन्छ भने यसले तपाइको घर खर्चमा राहत पुर्‍याउनेछ l किनकि आजभोलि नयाँ-नयाँ मेकअप, हेयरकट, नेल आर्टहरू जस्ता कुराहरूले ब्यूटीपार्लरको माग बढ्दै गइरहेको छ l

सिलाइ-बुनाइ :
जुन महिलाले धेरै पढे-लेखेका हुँदैनन्, त्यस्ता महिलाले सिलाइ-बुनाइ सम्बन्धी काम गर्दा उचित रहन्छ l जसले आफ्नो छुट्टै पहिचान बनाउनुको साथ साथै आम्दानी पनि बढाउन सकिन्छ ।

योगा कोच :
यदि तपाईँलाई योगा अथवा फिटनेसप्रति रुचि छ भने आफ्नो रुचिलाई करियरको रूपमा अपनाएर आफ्नो करियरलाई बलियो बनाउन सक्नु हुन्छ । जसबाट तपाईँले आफ्नो स्वास्थ्यको ध्यान राख्नका साथै घरमा बसी-बसी पनि कमाउन सक्नु हुनेछ l

प्रतिक्रिया दिनुहोस्