Logo

बाढीपीडित राहत कोषमा रु आठलाख



Spread the love

पोखरा, भदौ ८ गते । पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको ‘बाढीपीडित राहत कोष’मा बुधबारसम्म रु आठ लाख ५० हजार ८६५ संकलन भएको छ ।

गत साउन ३० गते संघले रु एक लाख ५८ हजार राखी शुरु गरेको राहत कोषमा नेपाल युवा उद्यमी मञ्च पोखराले रु दुई लाख सहयोग गरेको छ । मञ्चका अध्यक्ष ज्ञानेश्वरलाल श्रेष्ठले बुधबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विश्वशंकर पालिखेलाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै, कोषमा संघको महिला उद्यमी विकास उप–समितिकातर्पmबाट संयोजक सीता बरालले रु ५० हजार सहयोग गर्नुभयो ।

यसअघि कोषमा ओम डेभलपमेन्ट बैंकले रु एक लाख ५० हजार, गण्डकी जग्गा आवास विकास संघले रु एक लाख, गीता मन्दिर योग समितिले रु ३० हजार ८००, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले रु ३० हजार सहयोग गरेको संघका अध्यक्ष पालिखेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्