Logo

पत्रकार हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्कीको धर्ना



Spread the love

१८ भदौ, काठमाडौँ । पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घ कास्की शाखाले बुधवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । विप्लव समूहको कार्यकर्ताको आरोपमा पत्रकार हमाललाई प्रहरीले पक्राउ गरेपछि कास्की शाखाले पत्रकार हमाललाई गैरकानूनी रूपमा थुनामा राखिएकोले तुरुन्त बिना सर्त रिहाइ गर्नुपर्ने माग राखेको हो ।

 

बुधवार महासङ्घले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले धर्ना पनि दिएका हुन् ।

महासङ्घ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक हुन् ।

कास्कीको सिसुवाबाट भदौ ६ गते विप्लव समूहको कार्यकर्ता रहेको आरोपमा हमाल पक्राउ परेका थिए । हमाललाई रिहाइ गर्न सर्वोच्च अदालते मङ्गलवार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्