Logo

चार थान पेस्तोलसहित धनगढीमा तीन जना पक्राउ



Spread the love

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ धनगढी उप–महानगरपालिका- ३ चटकपुरमा एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको परिचय खुलाइएको छैन । उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ।

बरामद गरिएको सुनको परिणाम पनि प्रहरीले गोप्य राखेको छ । भाडामा बस्ने तीनै जनाका बारेमा सूचना पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली धनगढी आएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नायव उपरीक्षक दक्षकुमार बस्नेतले पेस्तोलसहित तीन जना पक्राउ गरेको पुष्टि गरे । घटनाको बिस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिइने उनले बताए।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्