Logo

हतियार देखाएर महिलाको गहना लुटे



Spread the love

१९ भदौ, काठमाडौं । बुधवार साँझ अर्घाखाँचीमा लुटेराहरुले एक महिलालाई धारिलो हतियार देखाएर उनीसँग भएका गरगहना लुटेका छन्।

प्रहरीका अनुसार जिल्लाको छत्रदेव गाउँपालिका-७ देउराली बजार नजिकै धारिलो हतियार देखाएर लुटेरा समूहले ५१ वर्षीया सीता पौडेलको सुनको सिक्री, लकेट गरी करिब दुई तोला सुन र मोवाइलसेट लुटेर लगेको छ ।

पौडेल माइतबाट तीज मनाएर घर फर्किँदै गर्दा यस्तो घटना घटेको हो ।

प्रतिक्रिया दिनुहोस्