Logo

यो वर्षको दशैंमा लामो दुरीका लागि २ सय नयाँ बसहरु थपिने



Spread the love

१९ भदौ, काठमाडौँ । यो  दशैंमा लामो दुरीका लागि लगभग २ सय जति नयाँ बसहरु थपिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार, सबै यातायात कार्यालयबाट प्राप्त तथ्यांकलाई आधार मान्दा  दशैंमा करिब २ सय बस थपिन लागेको ।

हरेक वर्ष  दशैंमा लामो दुरीका सवारी साधनमा हुने यात्रुको अत्यधिक चापलाई मध्यनजर गर्दै व्यवसायीले दसैँका लागि बसहरु थप्ने गर्छन् ।  दशैंमा थपिने नयाँ बसहरु प्रायः काठमाडौँ आउजाउ गर्नका लागि नै हुन्छन् ।

यद्यपि, अहिले व्यवसायीहरु नयाँ बस किन्न हौसिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाको भनाइ छ । उनका अनुसार यस पटक धेरै व्यवसायीहरुले बस खरिद गर्न चासो देखाएनन् । ‘नयाँ बस नआए पनि यात्रुले सुविधा पाउँछन् । हामीसँग सवारी साधानको अभाव छैन’ सिटौलाले भने । उनले डेढ सयभन्दा बढी बस नथपिने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्