Logo

दूधको मूल्य बढ्यो: अब प्रतिलिटर ७६ रुपैंया



Spread the love

१९ भाद्र, काठमाडौं । सरकारले उपभोक्ताले खरिद गर्दै आएको दूधको मूल्यममा प्रतिलिटर ६ रुपैंया बढाउने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । तर, शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको भट्टराईले बताए ।

२९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।

बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने  संस्थाले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्