Logo

ग्यासकाे सिलिण्डर पड्केर चार घर जले



Spread the love

२० भदौ, धादिङ । नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रवार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छन् ।

उद्धारमा संलग्न राजकुमार भण्डारीका अनुसार, ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएका छन् भने सँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ ।

लापाबाट विस्थापित भएर भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हाे ।

ग्यास चुहावट भई वृद्धवृद्धा मात्र बस्ने घरमा आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्