Logo

वीरगञ्जमा एक छात्रामाथि एसिड प्रहार



Spread the love

२० भदौ, वीरगञ्ज । वीरगञ्जमा एक छात्रामाथि एसिड प्रहार भएकाे छ । वीरगञ्जमा महानगरपालिकाको रेशमकोठीमा रहेको त्रिभुवन उच्चमावि कक्षा ९ मा अध्यनरत छपकैया– २ निवासी १५ वर्षीय छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हाे ।

शुक्रबार बिहान करिव ६ बजेतिर गाणेशमान चोक गल्लीको शैलुनमा बसेका दुई जना युवक समसाद मिया र माजिद मियाले छात्रामाथि एसिड प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एसिड प्रहार शुक्रबार बिहान करिव ६ बजेतिर गाणेशमान चोक गल्लीको शैलुनमा बसेका दुई जना युवक समसाद मिया र माजिद मियाले छात्रामाथि एसिड प्रहार  गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । ।शुक्रबार बिहान करिव ६ बजेतिर गाणेशमान चोक गल्लीको शैलुनमा बसेका दुई जना युवक समसाद मिया र माजिद मियाले छात्रामाथि एसिड प्रहार  गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । ।गर्ने दुई युवक मध्ये छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का युवा माजिद मिया फरार भएका छन् । उनलाई प्रहरीले खाेजि गरिरहेको प्रहरी नायव उपरीक्षक अन्तराम शर्माले जानकारी दिए ।

एसिड प्रहारबाट छात्राको शरीरका बिभिन्न भाग जलेर उनकाे अवस्था गम्भीर रहेको र घाइते छात्रालाई थप उपचारको लागि काठमाडौँ  रिफर गरिए प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

घटना हुनुकाे कारण, समसादले मुस्कानलाइ प्रेम प्रस्ताव राखेको र उनले अस्वीकार गरेपछि साथिसँग मिलेर समसादले मुस्कानमाथि एसिड प्रहार गरेकाे खुलेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्