Logo

डीडीसीको घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट



Spread the love

२० भाद्र, काठमाडौं । ठुला चाडपर्वलाई मध्यनजर गर्दै डीडीसीले घ्यूको मूल्यमा ५० रुपैयाँ छुट दिने भएको छ । हाल ९ सय रुपैयाँ पर्ने डीडीसीको घ्यू अब ५० रुपैयाँ छुट भएसँगै ८५० रूपैँयामा ग्राहकले खरिद गर्न पाउने भएका छन् ।

पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुने अहिले पनिर प्रतिकिलो ७३० रुपैयाँमा बिक्री भइरहेको छ । तर, बिहीबार मात्रै संस्थानले दूधको मूल्य बढाएका कारण पनिरको साबिक मूल्य भने हेरफेर हुनसक्ने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । यद्यपि बढेको मूल्यमा भए पनि संस्थानले पनिर प्रतिकिलो १० रुपैयाँ छुट गर्ने संस्थानले जनाएको छ ।

ग्राहककाे सजिलाेका लागि संस्थानले सहुलियत पाइने ठाउँ पनि ताेकेकाे छ जस्मा: काठमाडौँ उपत्यकाका लैनचौर, न्यूरोड, खुमलटार बिक्री केन्द्र र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गर्ने एकीकृत सहुलियत पसलमा यस्तो छुट उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्