Logo

कसरी धमिलिँदै जान्छ, दाम्पत्य सम्बन्ध? जान्नुहोस् सङ्केत



Spread the love

हामीलाई थाहा छ, दाम्पत्य सम्बन्ध सधैँ एकनास चल्दैन । पारिवारिक जीवन चलाउने क्रममा मतभेद, मनमुटाव हुनु स्वभाविक नै हो । तर जब दाम्पत्य जीवनमा मनमुटाव तथा कलह बढ्दै जान्छ तब उनीहरूबिचको सम्बन्ध पनि धमिलिँदै जान्छ l जसले गर्दा दाम्पत्य सम्बन्धमा बिस्तारै फाटो ल्याउन थाल्छ । दाम्पत्य सम्बन्धलाई कसिलो बनाउने एक मात्र पाटो हो विश्वास l तर जब पार्टनरमध्ये एकले विश्वासघात गर्न थाल्छन्, तब सम्बन्ध खराब हुन थाल्छ । पार्टनरलाई छल्ने, ढाँट्ने प्रवृत्ति कुनै न कुनै रूपमा प्रकट भइहाल्छ । अतः त्यस बेला उनीहरूको सम्बन्ध सधैजस्तो सुमधुर रहँदैन र सङ्कटमा पर्ने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ विश्वासघात गरेको पार्टनरले कस्ता सङ्केत देखाउने गर्छन् त l

बेवास्ता गर्नु
जब तपाइको पार्टनरले तपाईँलाई धोका दिन खोज्दैछ तब तपाइको पार्टनरले तपाइको हरेक कुरालाई अन्सुनी गर्नका साथै तपाईँलाई बेवास्ता गर्ने गर्छ l

केही हडबढाउनु
यदि तपाइको पार्टनर तपाइसँग केही कुरा गर्न खोज्दा हडबढाउँछ गर्छ भने तह पाउनुहोस् कि तपाइको पार्टनरको मान परिवर्तन हुँदैछ र तपाईबाट छुटकारा पाउन चाहन्छ ।

बढी लचिलो हुनु
जब तपाइको पार्टनरले तपाइसँग सामान्य अवस्थामा भन्दा बढी नै लचिलो भएर व्यवहार गर्न थाल्छ वा अनावश्यक माया गरेको देखाउँछ । तब बुझ्नुहोस् कि केही गलत हुँदैछ ।

घरबाहिर धेरै समय बिताउनु
यदि तपाईँको पार्टनरले घरमा भन्दा बढी बाहिर समय बिताउने गर्छ भने आफ्नो पार्टनरमा शङ्का गर्नुहोस् । किनकि सायद तपाइको पार्टनरले तपाइसँग छुटकारा पाउनका लागि पो घरमा भन्दा बाहिर बढी समय बिताई रहेको छ कि ?

कुराकानी गर्न छाड्छन्
जब तपाइको पार्टनरले तपाइसँग बोल्न छाड्छ वा तपाईँलाई कुनै किसिमको कुरा सुनाउदैन् भने तब बुझ्नुहोस् कि तपाइको दाम्पत्य सम्बन्ध धमिलिदैछ र तपाइको पार्टनरको मन पनि बदलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्