Logo

आँधी डोरियनको क्षति आणविक बमको क्षति बराबर



Spread the love

एजेन्सी । अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी नियोग (युएसएआइडी)का प्रमुखले एटलान्टिक ओसियन अन्तर्गतको बहमासमा हालै आएको आँधी डोरियनको क्षति आणविक बमको क्षति बराबरको भएको बताएका छन् ।  सो संस्थाका प्रमुख मार्क ग्रीनले त्यहाँको क्षति हेर्नका लागि आफूले हवाई निरीक्षण गरेको जनाए  ।  बहमासमा ३०० किमी प्रतिघण्टा सम्मको आँधी गएको आइतबार आएको थियो ।

आँधीका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ भने अबाकोस भन्ने स्थानमा ९० प्रतिशतसम्म संरचना क्षतिग्रस्त भएका छन् ।

सो क्षेत्रका ७० हजार मानिसलाई खाद्यान्न र आवासको समश्या परेको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले जनाएको छ । यो आँधी शनिबारदेखि क्यानडाको नोभा स्कोसियामा पुगेको छ । उक्त आँधीले रुखहरु भाँच्नुका साथै ४ लाख ५० हजार घरमा विद्युत अवरोध गरेको छ । (

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्