Logo

चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरिमा



Spread the love

२३ भदौ, काठमाडौँ ।  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् ।

काठमाडौँको पश्चिम-दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले विदेशमन्त्री वाङलाई चन्द्रागिरिमा स्वागत गरेका थिए ।

विदेशमन्त्री वाङले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्