Logo

पोखरामा ‘इन्जोय जोन’ बन्दै



Spread the love

२३ भदौ, पोखरा । पोखरामा ‘इन्जोय जोन’ बनाउन गण्डकी प्रदेश सरकारले तयारी थालेकाे छ । पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोडकाे लागतमा ‘इन्जोय जोन’ बनाउने गण्डकी प्रदेश सरकारले तयारी थालेकाे हाे ।

वन तथा वातावरण मन्त्री विकास लम्सालका अनुसार, चौबिसै घण्टा निजि कम्पनीलाई सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्र नजिक गण्डकी प्रदेश सरकारले ‘इन्जोय जोन’ बनाउने तयारी गरेको छ ।

हरेक ब्यक्तिले मनोरञ्जनका लागि ईच्छानुसार स्वतन्त्र रुपमा यौन क्रियाकलापसमेत गर्न पाउने गरि ‘इन्जोय जोन’ बनाउने निर्णय भएकाे छ । ‘इन्जोय जोन’ क्षेत्रमा पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले हस्तक्षेप नगर्ने मन्त्री लम्सालले बताउनु भयाे । ‘इन्जोय जोन’ निर्माण भईसकेपछि विश्वका अन्य पर्यटकीय मुलुकहरुमा हुने सम्पूर्ण गतिविधि पोखरामै उपलब्ध हुनेछन् ।

नेपालमा यस्ताे गतिविधि पाच्य नहुने भनेर कतिपयले यस याेजनाकाे आलाेचना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्