Logo

पर्यटन प्रवर्द्धनका लागि फोक्सुण्डोमा साइकल यात्रा, भाष्करले नेतृत्व गर्ने



Spread the love

२३ भाद्र, काठमाडाैँ – फिल्म क्याराभानका नायक थिन्ले लोण्डुपको नाममा पदमार्ग राख्ने पहिलो पहल स्वरूप साइकल यात्रा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रको रूपमा परिचित तथा नेपालकै गहिरो ताल फोक्सुण्डोमा साइकल यात्रा गरिने भएको हो ।

पर्यटन प्रबर्द्धनका लागि खटिएका डोल्पाका रामचन्द्र बस्नेतको अग्रतामा असोज २६ र २७ गते फोक्सुण्डो तालमा गर्न लागिएको साइकल यात्रामा २५ देखि ३० जना साइकल यात्री सहभागी हुने बताइएको छ ।

पानक्बाइकद्वारा आयोजना गर्न लागिएको साइकल यात्राको उद्देश्य फोक्सुण्डो ताल रहेको डोल्पामा पर्यटन प्रबर्द्धन गर्नु र क्याराभान ट्रायलमा साइकल यात्राको सुरूवात गर्नु रहेको छ ।

साइकल यात्री भाष्करका अनुसार यो साइकल यात्राले भिजिट नेपाल २०२० अन्तर्गत पर्यटक भित्र्याउन सरकारलाई सहयोगका साथै हराउँदै गएका क्याराभान नायक लोण्डुपको नाम पुनः जागृत गराउनेछ । यस यात्रामा प्रदेश सरकार, स्थानीय सरकार तथा पर्यटन बोर्डको समेत साथ र सहयोगको अपेक्षा गरिएको बस्नेतले बताएका छन् ।

विश्व चर्चित फिल्म अवार्ड ओस्कारको मनोनयनमा पर्न सफल फिल्म क्याराभानका नायक लोण्डुपले घोडाबाट लडेर २०७३ साल वैशाख १२ गते यही पदयात्रामा देहत्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्