Logo

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा पोर्चुगलमा जिपी कोइराला फाउण्डेशन



Spread the love

२५ भाद्र, काठमाडाैँ – प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपी कोइराला फाउण्डेशनको शाखा पोर्चुगलमा गठन गरिएको छ । राजधानी लिस्बनमा आयोजित एक कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्वउपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा नौ सदस्यीय जिपी कोइराला फाउण्डेशन गठन गरिएको हो ।

एक सय ६औँ बिपी जयन्तीका अवसरमा पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नारायण अर्यालले नवगठित समितिको घोषणा गरेका थिए । समितिको सहसंयोजकमा युवराज पन्थी रहेका छन् भने सचिवमा सीता बराल रहेका छन् । समितिको सदस्यहरुमा प्रमोद पोखरेल, विष्णु सापकोटा, जीवन सुवेदी, टेक खत्रीलगायत रहेका छन् । बाँकी दुई सदस्य पछि मनोनीत गरिने समितिले जनाएको छ ।

समितिको सल्लाहकारमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेश गुरुङ र कुबेर कार्की, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, नेपाली काङ्ग्रेस महासमिति सदस्य चीजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि सुरेन्द्र अम्गाईं र पत्रकार नारायण अर्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्