Logo

पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक



Spread the love

२५ भदौ, काठमाडौं ।  पहिलो पटक नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ ।

कार्यवहाक प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको वेबसाईटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । आफ्नो एक वर्षे कार्यकालको अवसरमा उनले सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रम गरी सम्पत्ति वितरण सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् । त्यस अवसरमा उनले सेनामा आवद्ध सबैलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए ।

नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन नभएपनि संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएका हुन् । थापाको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको देखिएकाे छ ।

यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्