Logo

सुनको मूल्य १० दिनमा तीन हजार घट्यो



Spread the love

काठमाडौं । डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० चैत देखि सुनको मूल्य लगातारा उकालो लाग्दै आएको थियो।

झन्डै डेढ महिना उकालो लागेको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

१० दिनको अवधिमा सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको महासंघले जनाएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्