Logo

चौधरीको करेन्ट लागेर मृत्यु !



Spread the love

३० भदौ, दाङ । करेन्ट लागेर दाङमा शिवराज चौधरीको मृत्यु भएको छ । चाैधरी कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी हुन् ।

घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका चौधरीको आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।।

प्रतिक्रिया दिनुहोस्